काठमाडौं १० चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सभापति बनाए हुने टिप्पणी गर्नुभएको छ ।
कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले राप्रपालाई सुझाव दिँदै भन्नुभयो, ‘उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।’
पछिल्लो समय राप्रपाले हिन्दूराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । यही सन्दर्भमा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पार्टी राजनीतिमा आउन सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्