काठमाडौं ११ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति झन्डै २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने काममा खटिएका छन् ।
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले बाँके, रुपन्देही, कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाएको बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्