काठमाडौं, १३ चैत्र । गोकर्णेश्वर नगरपालिका काठमाडौँमा रहेको न्युटन इन्टरनेशनल कलेजले १९औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संघिय सांसद तथा अर्थ समिति सभापति समेत रहेका सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रधानसेनापति प्याराजङ थापाको सभापतित्वमा संचालन भएको थियो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख जनप्रतिनिधि र काठमाण्डौमा अध्ययन अध्यापन गराउने विभिन्न कलेजका प्रतिनिधिहरुको समेत कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दिपेशराज आचार्यले न्युटन इन्टरनेशनल कलेज सदैव गुणस्तरिय शिक्षातर्फ लम्किरहेको प्रतिबद्ध रहेको जानकारी गराएका थिए । कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य, गीत, कविता तथा प्रहसनको समेत प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्