काठमाडौं १४ चैत । प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताले आज काठमाडौँमा आयोजित एक कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
एभरेष्ट होटलमा बानेश्वरमा अहिले सम्मेलन चलिरहेको छ।
गएको सोमबार मात्रै तीनजना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमती जुटाएका थिए।
संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी सिफारिस गर्न पुरानै समितिलाई निरन्तरता
प्रतिक्रिया दिनुहोस्