ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमाडोलमा एकान्तमा बोलाएर ३० वर्षका युवकको हत्या


एबीसी न्यूज
१३ चैत्र २०८१, बिहिबार   ११ : २६   बजे

काठमाडौं १४ चैत । ललितपुरमा २५ वर्षीय एक युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका छन्।

महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी जानकारी दिए।

‘गएराति पौने १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले खुकुरीले घाँटीमा प्रहार गर्दा खातीको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘घटना लगत्तै पुगेको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको छ।’

हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ।

खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्।

‘मध्यराति फोन गरेर एकान्तमा बोलाएपछि एक्कासी खुकुरी प्रहार भएको देखिन्छ,’ एसपी रेग्मीले भने, ‘चिनेजानेको मान्छेले बोलाएपछि पुगेका खाती खुकुरी प्रहारबाट घटनास्थलमै ढलेको पाइएको छ। रसाइलीले खातीले आफ्नी बहिनीलाई जिस्काएर दुस्ख दिएको बताएका छन्।’

मृतकको घाँटीको दुवै भाग र गालामा खुकुरीको चोट देखिएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले पनि मृतक युवा पक्राउ परेका युवककी बहिनीसँग प्रेम सम्बन्धमा रहेको बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको निष्कर्ष : ‘सरकार कम्पास हराएको जहाजजस्तो, संविधान पुनर्लेखन स्वीकार्य छैन’

काठमाडौं उपत्यकामा आज साँझ वर्षाको सम्भावना बढी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu