ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई


एबीसी न्यूज
१३ चैत्र २०८१, बिहिबार   ११ : ३८   बजे

काठमाडौं १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले०का अध्यक्ष ओलीले चौतारीको नयाँ नेतृत्वलाई बधाई दिएका हुन्।

उनले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मत चयन हुनुले सकारात्मक सन्देश गएको बताए। उनले व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन पनि चौतारीको नयाँ नेतृत्वलाई आग्रह गरे।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरुले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको दाबी गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको बताए।

प्रधानमन्त्री ओलीले झुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिन आग्रह गरे।

प्रधानमन्त्रीले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको ‘भाइरस’ छिर्न नदिनेतर्फ सचेत रहन आग्रह गरे।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दशौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो।

प्रधानमन्त्रीसँगको भेटमा चौतारीका अध्यक्ष पाण्डे, पूर्वअध्यक्षहरु गणेश बस्नेत र राजेन्द्र अर्याल तथा वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

सम्बन्धित

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu