ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति प्रक्रिया सफल पाराैँ, मलाई श्रेय चाहिएन – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१३ चैत्र २०८१, बिहिबार   १ : ३७   बजे

काठमाडौं १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरू गरेको र आफैँले अगाडि बढाएको बताउनुभयो । उहाँले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन र सफल पार्न मात्रै चाहेको तर त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पीडितका घाउमा मलम लगाउन र अबदेखि नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुङ्ग्याइने भन्दै समझदारी गर्न आह्वान गर्नुभयो । तीन राजनीतिक दलले सङ्कल्प गर्ने हो भने धेरै समय नलाग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले शान्ति प्रक्रिया आफैँले शुरू गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय मबाहेक अरू सबैलाई दिन चाहन्छु । मलाई श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मलम लगाऔँ । उहाँहरूका आँशु पुछौँ । नेपाली नागरिकलाई निश्चिन्त बनाऔँ कि अब नेपालमा शान्ति हुनेछ ।’

ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि त्यो हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ रु भन्दै प्रश्न गर्नुभयो । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । नागरिकलाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरूले लिनुपर्ने भन्दै उहाँले नागरिकलाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । अशान्ति भड्काउने दिशामा नजान उहाँले सबै राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले नागरिकका सुझाव सुन्नका लागि आफू सधैं तयार रहेको बताउनुभयो । सबैको रचनात्मक भूमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

सम्बन्धित

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu