काठमाडौं १५ चैत । काठमाडौंमा शुक्रबार नेकपा माओवादी केन्द्रसहितका वामपार्टीहरुको समाजवादी मोर्चाले प्रदर्शन गरेको छ।


विभिन्न ठाउँबाट र्यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क–भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ।



जनसभा केहीबेर अघिदेखि सुरू भएको छ।

सभामा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन्।

गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको हो। जनसभामा माओेवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले स्वागत गर्दै ज्ञानेन्द्रले आफ्नौ यचाना भुलेकाले विपत्ति भोग्नु पर्ने चेतावनी दिएकीछन्

साथै सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्