काठमाडौं १५ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ग र नर्क जाने कुरा गरेको सन्दर्भमा ओली विचौलिया, दलाल र भ्रष्टहरुतिर मिलेर नर्क गए, हामीलाई सुखद रुपमा जनतातिर फकाईदिए ।
प्रचण्डले ओली र आफूहरुबीचमा कुशासन र सुशासनबीचको लडाई जारीरहेको दावी गरे ।
ओलीले के गर्न खाजेका छन् भन्ने कुरा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएर स्पष्ट गरेको प्रचण्डले बताए ।

ओली र उनको समूह दलालको पनि दलाल बनेको भन्दै चर्को आचलोना गर्दै सच्चिन चेतावनी दिए ।
एमाले जनतातिर फर्केन भने विचौलिायका पछिलागेर दुई चार करोडको दामको पछि दगुरेमा दलालहरुसँगै बढारिने प्रचण्डले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्