ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादी उग्रप्रदर्शनका नेताहरु धवल र रवीन्द्रलाई ५ दिन हिरासत राख्न अदालतको आदेश


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   ८ : ४४   बजे

काठमााडौं १७ चैत । काठमाडौंको तीनकुनेको दंगा भड्काउन मुख्य भूमिका खेलेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
उनीहरुलाई शुक्रबार नै प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको थियो । शनिबार रातिसम्म दंगा भड्काउने १११ जनालाई पक्डेको छ । प्रहरीले आइतबार थप ४१ जनालाई मात्र मुद्दा चलाउने गरी अदालतमा उपस्थित गराएर बाँकी सबैलाई रिहा गरेको छ ।

अदालतमा मुद्दा चलाउन लैजाँदा रवीन्द्रलगायतको हातमा हत्कडी थियो। तर,सांसद रहेका धवलशमशेरलाई हत्कडी लगाइएको थिएन।

अदालत लगिएका बेला उनीहरू हात हल्लाउँदै खुसी देखिन्थे । तर अदालतले थप ५ दिन हिरासतमा राख्न आदेश दिएपछि उनीहरू फर्किँदा मलिन देखिएका थिए ।

काठमाडौं जिल्लाद अदालतकी न्यायाधीश तारावेदी महर्जनको इजलासले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनीहरूको अनुहार मलिन भएको हो।

शुक्रबार तीनकुनेमा प्रदर्शन भड्काउने क्रममा दुर्गा प्रसाई भागे पनि उनीहरु पक्राउ परेका थिए ।
दिनभरको दंगा–फसादपछि साँझ अस्पतालमा घाइतेहरू भेट्न पुगेका थिए। अस्पतालबाट फर्किँदाफर्किँदै उनीहरू समातिए।

शुक्रबार तीनकुनेमा प्रदर्शन भड्काउन प्रसाईले ड्युटीमा रहेका प्रहरीमाथि नै जबरजस्ती गाडी कुदाउन खोजेका थिए। आफैँले हाँकेको गाडीको झ्यालबाट समर्थकलाई प्रहरीको घेरा तोड्न उक्साएका थिए।

प्रहरीले रोक्न खोज्दा पनि उनी रोकिएनन् र सुरक्षा घेरा तोडेरै छाडे। यतिन्जेल प्रहरी पनि संयमित देखिन्थ्यो। किनभने, सुरक्षाकर्मीको चेतावनी अटेरी गरी उनी गाडी हुइँकाइरहेका थिए र समर्थकलाई उत्तेजित बनाइरहेका थिए।

मिश्र र राणाले मञ्च खाली गरेर सडकमा आउन प्रदर्शनकारीलाई आह्वान गरेका थिए ।

उनीहरूले उक्साएपछि उग्र बनेका प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी, लुटपाट र तोडफोड गरेका थिए। त्यस क्रममा दुई जनाको ज्यानै गयो। राजावादीहरूले जलाएको घरमा एक पत्रकारको समेत ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group