काठमाडौं २१ चैत । संयुक्त अरब इमिरेट्स यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १ सय ८४ नेपालीलाई आममाफी दिएका छन् ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर उनीहरुलाई आममाफी दिइएको हो । यूएईले रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार जाँडरक्सी सेवन, चोरीलगायतका विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो ।
अबुधाबीमा रहेको नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै कतारले पनि कैद भुक्तान गरिरहेका १८ नेपालीलाई आममाफी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्