ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने हङ्गेरीको घोषणा


एबीसी न्यूज
२० चैत्र २०८१, बिहिबार   ८ : २५   बजे

काठमाडौं २१ चैत । हङ्गेरीको सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी बाट बाहिरिने घोषणा गरेको छ ।

आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही घण्टापछि प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा गरेका बीबीसीले जनाएको छ ।

गएको नोभेम्बरमा गिरफ्तारी पुर्जी जारी हुनेबित्तिकै हङ्गेरीका प्रधानमन्त्री ओर्बानले यो फैसलाले आफ्नो देशमा कुनै प्रभाव नपार्ने भन्दै नेतान्याहुलाई आमन्त्रित गर्नुभएको थियो ।

गएको नोभेम्बरमा आईसीसीका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि नेतान्याहुले ‘आपराधिक जिम्मेवारी’ वहन गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । नेतान्याहुले आईसीसीको निर्णयलाई ‘यहुदी विरोधी’ भनेर निन्दा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय अदालत आईसीसीलाई नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपीहरूलाई मुद्दा चलाउने अधिकार छ । हङ्गेरी आईसीसीको संस्थापक सदस्य हो । आईसीसीमा एक सय २५ सदस्य राष्ट्र छन् र हङ्गेरी यसबाट बाहिरिने पहिलो युरोपेली सङ्घ राष्ट्र हुनेछ ।

रोम विधानको धारा १२७ अनुसार हङ्गेरीले अब संयुक्त राष्ट्रसङ्घका महासचिवलाई सन्धि त्याग्न लिखित सूचना पठाउनुपर्ने र एक वर्षपछि फिर्ता हुने प्रक्रिया लागू हुने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

सम्बन्धित

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu