काठमाडौं २२ चैत । पारस्परिक कर घोषणापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिले सामाजिक सञ्जाल पोस्ट गरेका छन्।
ट्रुथ सोशल प्लेटफर्मु मा उनले अपरेसन पूरा भएकोु लेखेका हुन्।
ट्रम्पले लेखेका छन्, ‘अपरेसन पूरा भयो१ बिरामी बाँचे र निको हुँदै छन्। बिरामी पहिलेभन्दा बलियो, ठूलो, राम्रो र बढी सक्षम हुनेछजस्तो देखिन्छ। अमेरिकालाई फेरि महान् बनाऔँ१’
यसअघि ट्रम्पले विभिन्न देशबाट अमेरिका आयात हुने सामान भन्सार शुल्कको लामो सूची घोषणा गरेका छन्।
अमेरिकी समयअनुसार अप्रिल ५ देखि बेलायतलगायत धेरैजसो देशहरूमा १० प्रतिशत आधारभूत भन्सार शुल्क लागू हुनेछ भने अप्रिल ९ देखि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा उच्च आयात शुल्क लगाइनेछ।
प्रतिक्रिया दिनुहोस्