काठमाडौं २२ चैत । बुधबार अमेरिकाले धेरैवटा देशका लागि पारस्परिक कर ९भन्सार शुल्क० घोषणा गर्दै सूची जारी गरेको छ। जसमा रुसको नाम छैन।
अमेरिकी आउटलेट एक्सियोसले ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटलाई उद्धृत गर्दै जनाएअनुसार किनभने रुसविरुद्ध जारी प्रतिबन्धले ‘व्यावहारिक रूपमा कुनै पनि व्यापारलाई रोक्छ।’
लेभिटले भने, क्युबा, ‘बेलारुस र उत्तर कोरिया पनि ट्यारिफ ९कर० सूचीमा छैनन्।’
सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले रुसविरुद्ध ठूलो प्रतिबन्ध लगाएको थियो।
यद्यपि, डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि रुसप्रति मैत्रीपूर्ण दृष्टिकोण देखाएका छन्।
प्रतिक्रिया दिनुहोस्