ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले ट्रम्पको करविरुद्ध अमेरिकी सामानमा ३४प्रतिशत ट्यारिफ लगायो


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ४ : ५९   बजे

काठमडौं २२ चैत । चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनबाट आउने सामानमा ३४ प्रतिशत ट्यारिफ लगाउने नीतिका विरुद्ध जबाफी ३४ प्रतिशत ट्यारिफ लगाएर पारस्परिक जबाफ फर्काएको छ ।

चीनको वाणिज्य मन्त्रालयले थप ११ अमेरिकी कम्पनीहरूलाई आफ्नो ‘अविश्वसनीय संस्थाहरू’ को सूचीमा राखेको छ । अब ती कम्पनीहरुले चीनमा वा चिनियाँ कम्पनीहरूसँग व्यापार गर्नबाट प्रभावी रूपमा रोक लगाएको छ। मन्त्रालयले केही दुर्लभ पृथ्वी तत्वहरूको निर्यातमा कडा सीमा ताकेको छ ।

चिनिया वाणिज्य मन्त्रालयले अमेरिकी निर्यातको मेडिकल इमेजिङ उपकरणमा दुई व्यापार अनुसन्धान शुरू गर्ने घोषणा गरेको छ । चिनिया सरकारी सूचना अनुसार यो एक यस्तो उत्पादन क्षेत्र हो, जसमा संयुक्त राज्य अमेरिका अझै पनि अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी छ।

चीनको सामान्य भन्सार प्रशासनले अमेरिकाका केही ठूला कृषि वस्तु निर्यातकर्ताहरूबाट कुखुराको आयात रोक्ने बताएको छ ।

यी सबै उपायहरू तीन फरक सरकारी निकायहरूले केह मिनेटभित्र जारी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले यो हप्ता विश्वभरबाट आयातमा लगाएको ठूलो ट्यारिफबाट शुरू गरेको व्यापार युद्धमा पछि हट्ने कुनै मनसाय नराखको चीनले बताएको छ ।

चीनका नयाँ ट्यारिफहरूले ट्रम्पको ट्यारिफभन्दा कम सामानहरूलाई प्रभावित गर्नेछन् किनभने चीनले संयुक्त राज्य अमेरिकालाई बेच्ने भन्दा धेरै कम किन्छ। गत वर्ष चीनले १४७.८ बिलियन डलरमूल्यको अमेरिकी सेमिकन्डक्टर, जीवाश्म इन्धन, कृषि वस्तु र अन्य उत्पादनहरू किनेको थियो। यसले ४२६.९ बिलियन डलरमूल्यको स्मार्टफोन, फर्निचर, खेलौना र अन्य धेरै उत्पादनहरू बेचेको थियो।

तर राष्ट्रपति ट्रम्पको ट्यारिफले सेमिकन्डक्टर र औषधिजस्ता केही ठूला आयातका श्रेणीहरूलाई छूट दिए पनि चिनियाँ ट्यारिफमा कुनै छूट छैन।

चीनको वित्त मन्त्रालयले ट्रम्पको ट्यारिफको कडा आलोचना गर्दै एक विज्ञप्ति जारी गरेको छ । ‘अमेरिकाको यो अभ्यास अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मेल खाँदैन, यसले चीनको वैधानिक अधिकार र हितहरूलाई गम्भीर रूपमा कमजोर बनाउँछ, र यो एक एकपक्षीय धम्की अभ्यास हो,’ मन्त्रालयले भनेको छ।

चिनियाँ ट्यारिफहरू अर्को बिहीबारदेखि लागू हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group