ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी करवृद्धिपछि विश्व शेयर बजारमा ठूलो गिरावट


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ५ : ३४   बजे

काठमाडौं २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेको एक दिनपछि विश्व शेयर बजारमा ठूलो गिरावट देखिएको छ । नयाँ कर घोषणाले मूल्य बढाउने तथा अमेरिका र विदेशमा वृद्धिलाई असर गर्ने अनुमान गरेको बीबीसीले जनाएको छ ।

दोस्रो दिन पनि एशिया प्यासिफिक क्षेत्रको शेयर बजारमा गिरावट आएको छ । अमेरिकी शेयर बजारमा भने सन् २०२० पछिको सबैभन्दा ठूलो गिरावट आएको छ । नाइके, एप्पल र टार्गेटको शेयर सबैभन्दा धेरै प्रभावित भएको छ । यी कम्पनीहरूको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै बेलायतको एफटीएसई १०० सूचकाङ्क खुल्नेबित्तिकै घटेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो कर कार्यान्वयन ‘धेरै राम्रो’ भइरहेको र ‘बजार उकालो लाग्ने’ बताउनुभएको छ ।

यसैबीच ह्वाइट हाउसमा ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई गति दिन र सङ्घीय राजश्व बढाउन विश्वव्यापी आयातमा १० प्रतिशत कर लगाउने योजना बताएको बताउनुभएको छ । चीन र युरोपेली युनियनले अमेरिकी करको जवाफ दिने सङ्केत गरेका छन् ।

भोलिदेखि लागू हुने विश्वव्यापी आयातमा न्यूनतम १० प्रतिशत करको प्रतिक्रिया दिने बेइजिङदेखि ब्रसेल्ससम्मका नेताहरूले वाचा गरेका छन् ।

यस्तै युरोपेली सङ्घमा २० प्रतिशत र चीनमा ५४ प्रतिशतसहित उच्च शुल्कहरू अप्रिल ९ देखि लागू हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

सम्बन्धित

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu