ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकारमा हुँदा हामीले गरेको काम बिचौलियाहरूलाई सह्य भएन’


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ६ : ००   बजे

काठमाडौं २२ चैत । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू सरकारमा हुँदा गरेका राम्रा कामको प्रयासहरू बिचौलियाहरूलाई सह्य नभएको बताएका छन् । जनतासँग माओवादी तराई मधेश जागरण अभियानका क्रममा शुक्रबार गुलरिया पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

सरकारमा हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक विकास गर्ने अभियान रहेको अध्यक्ष दाहालले बताए । ‘हिन्दुस्तान र चीनसँग भएका सहमति, समझदारीले नेपाली जनता र राष्ट्रको पक्षमा केही महत्त्वपूर्ण उपलब्धि भएका थिए,’ उनले भने, ‘त्यसैगरी अन्तर्राष्ट्रिय सम्मेलनमा खाद्यसँग सम्बन्धित र जलवायु परिवर्तन सम्मेलनमा पनि नेपालको निकै राम्रो प्रतिनिधित्व गरेका थियौँ ।’

जसले गर्दा जनतामा नयाँ आशा र भरोसा पलाएको उनले बताए । हामीले गरेको सुशासन, सामाजिक न्याय र आर्थिक विकासका प्रयासहरू दलाल र बिचौलियाहरूका निम्ति सह्य नभएको बताए ।

‘उनीहरूले बडो गलत तरिकाले अपारदर्शी तरिकाले रातको १२ बजे सरकार हटाउने र अर्को गठबन्धन गर्ने अलोकतान्त्रिक काम गरे,ु उनले भने, ुमैले प्रतिनिधिसभामा अन्तिम पटक विश्वासको मत लिँदै गर्दा तपाईँहरू जुन तरिका अपनाउनु भएको छ, संविधानको मर्म, लोकतान्त्रिक मूल्य मान्यता, जनताको भावना र आकाङ्क्षा विपरीत रहेको दाबी गर्दै खबरदारी गर्ने सङ्कल्प गरेको थिएँ ।

उनले आफूले खबरदारी गर्ने संकल्प गरेअनुसार जनतासँग माओवादी तराई मधेश जागरण अभियान भनेर हुलाकी मार्ग केन्द्रित भएर यहाँसम्म आइपुगेको बताए । जनताको साथ र सहयोग जुटाएर वर्तमान सरकारले कायम गरेको कुशासनलाई विफल पार्ने आफूहरूको योजना रहेको उनले बताए । उनले आफू पुनः जनतातिर फर्केको र सहयोग भयो भने ०६४ जस्तै देशको ठूलो पार्टी बनेर देशको नेतृत्व गर्दै जनताको पक्षमा काम गर्ने धारणा राखे ।

जनताको आवाज बुझ्न, पार्टीको नीति र बुझाई सम्प्रेषण गर्न झापादेखि तराई मधेश जागरण अभियान शुभारम्भ गरेको पार्टीकी केन्द्रीय उपाध्यक्ष पम्फा भुसालले बताइन् । उनले यस अभियानमार्फत माओवादी आफैं रूपान्तरण हुने र समुदायसँग कमजोर हुँदै गएको सम्बन्धलाई सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

बर्दियाको आधा दर्जन कार्यक्रम भ्याएर आज शुक्रबार साँझ काठमाडौँ फर्किने कार्यक्रमको तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केयूले केही दिनमै नयाँ उपकुलपति पाउँदै, तीन नाम प्रधानमन्त्रीसमक्ष सिफारिस

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu