ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

०६४ कै जस्तो ठूलो पार्टी बनेर देशको नेतृत्व गर्न मन छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ६ : १०   बजे

गुलरिया, २२ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरू कमजोरी सच्चाएर वर्ग, समुदाय र मुद्दासहित जनतातिर फर्किएको बताएका छन्। हुलाकी मार्ग केन्द्रित अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि एकपटक ०६४ कै जस्तो ठूलो पार्टी बनेर देशको नेतृत्व र जनताको पक्षमा काम गर्ने अवसर दिन अपील गरे।
माओवादी सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक विकासमा गरेका अभियानले जनतामा आशा पलाएको जिकिर गर्दै अध्यक्ष दाहालले भारत, चीनलगायत अन्तर्राष्ट्रिय भ्रमणका बखत गरेका सहमति, समझदारीहरूले देश र जनताको पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गरे।
अन्तर्राष्ट्रिय सम्मेलनका मञ्चमा खाद्यलगयत जलवायु परिवर्तनसम्बन्धी गरेको माओवादी सरकारको नेतृत्वले जनतामा नयाँ आशा भरोसा विजारोपणको सुरुवात भइरहेको उनको भनाइ छ। माओवादी सरकारले गरेको सुशासन, सामाजिक न्याय र आर्थिक विकासका प्रयासहरू दलाल एवं विचौलियाहरूको निम्ति सह्य नभएपछि सरकार हटाएर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले नयाँ सरकार बनाउने काम गरेको उनले बताए।
सरकार परिवर्तनपश्चात सदनमा अप्राकृतिक गठबन्धनको सरकारको खबरदारी गर्ने आफूले प्रतिबद्धता गरेअनुरुप अभियान सुरु गरी बर्दिया आइपुगेको सुनाए। बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया, मधुवन, ठाकुरबाबा नगरपालिकाको कार्यक्रम सकेर शुक्रबारै काठमाडौं फर्किने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group