ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको वायु प्रदूषण विश्वको पहिलो नम्बरमा, सावधानी अपनाउन आग्रह


एबीसी न्यूज
२२ चैत्र २०८१, शनिबार   ६ : ५२   बजे

काठमाडौं, २३ चैत्र । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक ९एक्यूआई० १९३ रहेको छ । यसलाई अस्वस्थकर अवस्था मानिन्छ । यो अघिल्ला दिनको तुलनामा केही कम हो । विश्वका प्रदूषित शहरमध्ये दोस्रो नम्बरमा रहेको चीनको वुहानमा एक्यूआई १६६ रहेको छ । वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ भने ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । यस्तै, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, १०१ देखि १५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १०० मध्यम मानिन्छ। जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group