ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलोको झिल्कोले राक्सिराङमा तीन घर खरानी


एबीसी न्यूज
२२ चैत्र २०८१, शनिबार   ४ : ३२   बजे

काठमाडौं २३ चैत । जंगलबाट सुरु भएको आगलागीले मकवानपुरको राक्सिराङ गाउँपालिकाका तीन वटा वडामा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। शुक्रबार हिजो० हावाहुरीसहित फैलिएको आगोका झिल्को घरमा सल्किँदा तीन घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राक्सिराङ गाउँपालिका–७ स्थित चरिमारामा जंगलनजिकै रहेको सुब्बा प्रजा र चन्द्र प्रजाको काठको कच्ची खरले छाएको घरमा आगो सल्किँदा लत्ता कपडा, भाँडावर्तन, अन्नपात र नगदसहित घर पूर्णरूपमा जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० श्यामु अर्यालले जानकारी दिए।

सुब्बा प्रजाको घरमा नगद २० हजारसहित कुल १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने चन्द्र प्रजाको घरमा पनि सामान सहित सोही बराबरको क्षति भएको डिएसपी अर्यालले बताए।

त्यसैगरी, राक्सिराङ गाउँपालिका–४ तार्सिकोट ९रेना० मा बस्ने रामबहादुर थिङको घरमा पनि जंगलको आगोले क्षति पुर्‍याएको छ। घरभित्र रहेको मकै, कोदो, चामल, लत्ताकपडा, भाँडाकुँडा र सोलार प्यानल जलेर पूर्णरूपमा नष्ट भएको छ भने उक्त घटनाबाट अनुमानित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

यस्तै, राक्सिारङ गाउँपालिका–५ चंगरङमा रोशन प्रजाको काठको कच्ची घरमा आगो सल्किएको हो। आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र काठपात नष्ट हुँदा करीब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तीनवटै घटनामा मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। सबै स्थानमा स्थानीयको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार यी घटनाहरू क्रमशः प्रहरी चौकी कान्द्राङ, गिंगु र चैनपुरबाट ६ देखि ३० किलोमिटरको दूरीमा पर्दछन्।

प्रहरी र स्थानीय बासिन्दाले जंगलमा आगो फैलन नदिन सावधानी अपनाउन र सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group