ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख १५ भित्र जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ८ : ५२   बजे

काठमाडौं २४ चैत । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १५ भित्र पार्टी एकता घोषणा हुने भएको छ।

आइतार बर्दियाको मधुवनमा बसेको पार्टी एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको नाम, चुनाव चिह्न र पदाधिकारी लगायतका विषयमा सहमति गरेपछि एकता घोषणा बैशाख १५ भित्र गर्ने वातावरण बनेको हो।

कार्यदलका सदस्य एवं कैलालीको टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले छलफलमा विभिन्न ९ विषयमध्य धैरैमा सहमति जुटेको र केहीमा बाँकी रहेकाले त्यो टुंगिएपछि पार्टी एकताको घोषणा हुने बताए।

‘९ वटा बुँदामध्य केही टुंगिन बाँकी छ, त्यो टुंगियो भने हामीले सबै विषय औपचारिक रुपले सार्वजनिक गर्छौं,’ उनले भने।

चौधरीका अनुसार एकतापछि पार्टीको नाम नागरिक जनमत रहने छ भने चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया हुनेछ।

त्यस्तै संरक्ष रेशम चौधरी र अध्यक्ष सिके राउत हुने भए पनि रन्जिता श्रेष्ठको विषयमा भने सहमति हुन बाँकी छ।

‘१ नम्बर वरीयतामा हाम्रो संरक्षकज्यू रहने, दोस्रोमा जनमत पार्टीका अधयक्ष सिके राउत र तेस्रोमा रन्जिताको कुरा छ,’ चौधरीले भने, ‘दुवै पार्टीका अध्यक्षलाई एउटै वरीयतामा राख्ने कि दोस्रो, तेस्रो कसरी राख्ने भन्ने टुंगिएको छैन। यसमा छलफल चलिराखेको छ। हामी आगामी बैठकमा टुंग्याउँछौं।’

यो विषयलाई चाँडै टुंग्याएर वैशाख १५ भित्र पार्टी एकताको औपचारिक घोषणा गर्नेबारेमा भने सहमति भइसकेको उनको भनाइ छ।

चौधरीले भने, ‘वैशाख १५ गतेभित्र पार्टी एकता औपचारिक रुपमा घोषणा गरेर जाने भन्ने चाहि अगाडि बढीसकेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group