ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर: काठमाडौं विश्वकै प्रदूषित शहरको


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ८ : १२   बजे

काठमाडौँ, २५ चैत्र । नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ । निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । भारत नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।
गत मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । नेपालको राजधानी काठमाडौंको वायुको गुणवत्ता निकै अस्वस्थ रहेको भनेर प्याजी रंगले संकेत गरिएको छ ।
काठमाडौंभित्र पनि शंखपार्क क्षेत्रको हावा सबैभन्दा बढी अस्वस्थ छ । वातावरण विभागका अनुसार शंखपार्कको वायु गुणस्तर सूचकांक एक्यूआई २८४ पुगेको छ ।
त्यसपछि क्रमशः रत्नपार्क, भक्तपुर, भैंसीपाटी, खुमलटार, दाङको देउखुरी, इलाम, धनगढी र रारा क्षेत्रको वायुको गुणस्तर अस्वस्थ छ । ती क्षेत्रको हावा अस्वस्थ रहेको भनेर रातो रंगले संकेत गरिएको छ ।

वातावरण विभागका अनुसार केही दिनदेखि नेपालको विभिन्न क्षेत्रहरुमा लागेको वन डढेलोको कारणले काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा वायू प्रदूषण बढेको हो ।

यस बाहेक उद्योग कलकारखाना, सवारी साधनबाट निस्किने धुँवा, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्किने धुँवा, सडक निर्माण कार्यबाट उड्ने धुलो आदिले पनि वायु प्रदूषण बढाउँछन् ।

हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण ह्वात्तै बढ्ने गर्दछ । यी महिनाहरुमा पानी नपरेर सुक्खा हुने र डढेलो धेरै लाग्ने भएकाले वायु प्रदूषण बढ्ने गरेको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीहरुलाई बढी प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । तसर्थ उनीहरु अनावश्यक रुपमा घर बाहिर ननिस्कन वा घर बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न पनि अनुरोध गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group