ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौको प्रदूषण हटाउने गरी बिहीवार पानी पर्ने सम्भावना


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ८ : ४७   बजे

काठमाडौं २५ चैत । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले बताएका छन् ।

मौसमविद डेभिट ढकालका अनुसार भोलि पूर्वको केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पर्सि भोलिकोभन्दा अलि धेरै वर्षा हुने अनुमान रहेको छ । पर्सिदेखि वर्षा गराउने प्रणाली सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा पनि भोलि र पर्सि हल्कादेखि छिटपुट वर्षा हुने र आउँदो बिहीवार र शुक्रवार मध्यम वर्षा भएर प्रदूषण घट्न सक्ने मौसमविद् ढकालको भनाइ छ ।

अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा खण्डित वर्षासहित हिमपातको सम्भावना छ । यी चार प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीको वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली देखि मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

यसैबीच काठमाण्डौको वायु प्रदूषण निकै अस्वस्थकर स्तरमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एयरका वायु गुणस्तर इन्डेक्स दुई सयभन्दा माथि पुगेर काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।

एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।

यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् ।

वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् ।

अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group