ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकियाे


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   १ : ११   बजे

काठमाडौं २६ चैत । सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकिएको छ । दिउँसो ११ बजेपछि बादल लाग्ने मौसम पूर्वानुमानका कारण बाटो निर्माणको काम रोकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० ले जनाएको छ ।

यसअघि हिजो दिउँसो सगरमाथा आधार शिविरमा हिमपात भएको थियो । सगरमाथा आधार शिविरदेखि पहिलो शिविरसम्म र नुप्त्से क्षेत्रको अवस्था बिग्रँदै गएको पनि एसपीसीसीले बताएको छ । यी क्षेत्रहरू बारम्बार चट्टान खस्ने र हिमपहिरो गतिविधिका लागि परिचित छन् ।

दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ । एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । अहिले हिमाल आरोहणका लागि अनुमति लिने क्रम चलिरहेको छ ।

यसैबीच अन्नपूर्ण क्षेत्रमा दुई जना शेर्पा बेपत्ता भएको घटनाप्रति पनि सचेत रहेको एसपीसीसीले बताएको छ । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा हिजो बिहानदेखि हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu