काठमाडौं । हाल गृह मन्त्रालय रहेको स्थानमा अब परराष्ट्र मन्त्रालयको नयाँ भवन निर्माण गरिने भएको छ।
सोमबार साउन २५ गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो जानकारी दिएका हुन्।
मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयको भवन निर्माणका लागि ‘आर्किटेक्चरल ड्रइङ’सहित आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
उनले भवन निर्माणका लागि आवश्यक प्राविधिक पक्ष तथा योजना तयार भइसकेकाले अब निर्माण प्रक्रिया अघि बढाउन सकिने बताए।
गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने योजनाअनुसार आवश्यक तयारी अघि बढाइएको मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी गराएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्