ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ३ : ४५   बजे

 

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार साउन २५ गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अधिकारीले ग्यासका लागि नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था सरकारको गैरजिम्मेवारीपन भएको टिप्पणी गरिन्।

उनले एकातिर देशमा उत्पादित विद्युत् खेर गइरहेको र अर्कोतर्फ खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताइन्।

ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिँदै आएकाले सरकारले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। नागरिकलाई ग्यासको अभावबाट राहत दिन तत्काल इन्डक्सन चुलो वितरण गर्ने योजना ल्याउन उनले सरकारसँग माग गरिन्।

विद्युतीय चुलोको प्रयोग सहज र सुलभ बनाउनुपर्नेमा जोड दिँदै अधिकारीले विद्युत् खपत बढाउने नाममा बनाइएका नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको भए त्यसबारे समेत सरकारले पुनर्विचार गर्नुपर्ने बताइन्।

‘यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साँच्चिकै राहत दिने हो भने अब ग्यास सिलिन्डरको लाइन होइन, इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्,’ उनले भनिन्।

उनले नागरिकको भान्सा सहज बनाउने विषयलाई सरकारले तत्काल प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्राथमिकतामा ७८ विधेयक, १० वटा संसद्मा दर्ता

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको प्राथमिकतामा ७८ विधेयक, १० वटा संसद्मा दर्ता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजपत्र जले

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu