ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक : मुख्यमन्त्री शाही


admin
८ चैत्र २०७४, बिहिबार   ४ : २१   बजे

नगरकोट, ८ चैत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ ।

उहाँले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताउनुुभयो । प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष कर्मचारी नहुँदासमेत विभिन्न खालका समस्या देखिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदशेलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न र पूर्णरुपमा विषादीमुक्त बनाउने अभियान थालेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी वर्षलाई पर्यटन वर्षका रुपमा अगाडि बढाउँदै अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजना निर्माणमा लागेको मन्त्री शाहीले बताउनुभयो ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा कर्णाली प्रदेशलाई स्वायत्त प्रदेशका रुपमा केन्द्र सरकारले कानूनमै सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । देशको कूल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा प्रदेशले टेवा पुु¥याउने शाहीले बताउनुभएको छ ।

उहाँले ६ नं प्रदेश गरिबी र आर्थिक अभावबीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरी भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने पनि बताउनुभयो ।

उहाँले युवा दस्तालाई श्रमतर्फ आकर्षण गर्ने गरी रोजगारीको सिर्जना गर्दै विकासका लागि युवादस्ता निर्माण गर्न थालेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यायोजित विधायनको बेथिति : कानुन बनाउने संसद्, शासन चलाउने सरकार

गुठीको जग्गा अतिक्रमण: सरकारले सबैमाथि समान व्यवहार गर्नुपर्ने सांसद झालेको माग

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu