ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटिजम स्पेक्ट्रम डिसअर्डर


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   २ : ३४   बजे

काठमाडौं ५ बैशाख । अटिजम जसलाई नेपालीमा स्वलिनता भन्न सकिन्छ। यो एक न्यूरोडेवलपमेन्ट डिसअर्डर हो, जसमा सामाजिक संचार भावनात्मक र संज्ञानात्मक कार्य र ब्यवहारमा कमजोरी र बिकासको ढिलाईको बिभिन्न ढिग्रीको बिशेषता हुन्छ ।

जसले बच्चाको मस्तिष्कको विकासलाई प्रभावित गर्दछ। यो एक स्पेक्ट्रम विकार हो, यसर्थ यसले प्रत्येक बच्चाहरुलाई अलग अलग प्रकारले प्रभावित गर्दछ। कुनै बच्चामा हल्का लक्षण देखापर्छ भने कुनै बच्चाहरूले गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । अटिजम कुनै विमारी हैन यो त अलग्गै खालको न्यूरोलोजिकल स्थिति हो। जसमा माप्तिष्कले सामान्य व्यक्तिहरु भन्दा अलग तरीकाले कार्य गर्दछ । यो बुझ्न जरुरी छ कि अटिष्टीक बच्चा आद्वितिय व्यक्ति हुन्छन, जसमा आफ्नै प्रकारको तागत र कमजोरी हुन्छ। चुनौतिहरुको बावजूद उनिहरु आफ्नो तागत र क्षमताले समाजमा महत्वपूर्ण योगदान दिन सक्दछन । हामिहरुले बुझेर, स्वीकारेर र उचित समर्थन गरेमा अटिष्टीक बच्चाहरू स्वस्थ एवं पूर्ण जिबन जिउन सक्छन । यो आवश्यक छकि हामिहरुले अटिजमको विषयमा जागरुकता बढाउने कार्य जारी राख्नुपर्दछ। अटिष्टीक व्यक्तिहरु तथा परीवारलाई समेटि समावेशी तथा सहिष्णु समाजको निर्माण गरौं ।

मेरो बाबुलाई पनि अटिजम छ भन्नु भन्दा पनि म हामिलाई अटिजम छ भनेर भन्न सहज ठान्छु । सुरुवाति दिनहरू समस्याग्रस्त थिए । आशुतोष अरु बच्चाहरु जस्तो थिएन । उ आफ्नै दुनियामा हराइरहन्थ्यो । शब्द बोल्दा अर्थ नबुझेर झुककिएझै लाग्थ्यो ।प्रायजसो म उसलाई पार्कमा लिएर जान्थे । अरु बच्चाहरु खेलेको, बोलेको देख्दा मन उदास हुन्थ्यो लाग्थ्यो मेरो बच्चाले कहिले बाबा भनेर बोलाउला आफ्नै मनले। कर्मचारीले हाकिमको अर्डर फलो गरेझै उसले संकेतको आधारमा कमान्ड त फलो गर्थ्यो तर शब्दको भाव बुझेर फलो गर्दैनथ्यो। डाक्टरसंग सल्लाह लिदा थाहा भयो की उसलाई अटिजम छ र थेरापी दिनुपर्छ भनेर ।
मैले आशुतोषलाई एसेप्टेन्स र सपोर्ट दिन शुरु गरे। मैले उसलाई Hope Center मा थेरापी दिन सुरु गरे । विस्तारै विस्तारै उसमा भएको सुधारले मलाई अझ बढि हौसला दिदै गयो। उसले हिजोआज अर्थ बुझेर शब्दहरु वोल्न जान्दै छ। आफ्नो भावना व्यक्त गर्न थालेको छ ।

अटिजमले मलाई धेरै कुरा सिकायको छ। मैले थाहा पाएंकी हरेक बच्चा स्पेशल हुन्छन र हरेक बच्चामा क्षमता हुन्छ। म ति सबै बुवाहरुलाई भन्न चाहन्छु जसको बच्चा अटिष्टीक छन तपाई एक्लो हुनुहुन्न हो यो अली अप्ठ्यारो यात्रा हो आफ्नो बच्चामथि विश्वास राख्नुस सपोर्ट गर्नुस र कदापी हार नमान्नुहोस ।

सविन खतिवडा

डेडविन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu