ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ आज, शिक्षक आन्दोलन समाधान गर्न मुख्य चुनौती


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   १२ : ०१   बजे

काठमाडौं ११ बैशाख । नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै हुनुहुन्छ । शपथसँगै उहाँले आजैदेखि काम थाल्नुहुनेछ ।

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो ।

सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ ।

शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।

शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने आजदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षा १० दिन पछाडि सारिएको छ ।

शिक्षामन्त्री पन्तले पदभार ग्रहणसँगै आन्दोलनरत शिक्षकसँग संवाद गरेर समाधान खोज्न दबाब बढेको छ ।

नवनियुक्त शिक्षामन्त्री पन्तसँग २०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेको अनुभव छ । उहाँ २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र २०६६ सालका प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार हुनुहुन्थ्यो ।

अहिले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पन्त समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

उहाँको पृष्ठभूमि पत्रकारितासँग पनि जोडिन्छ । उहाँले २०३२ सालदेखि पत्रकारिता शुरू गर्नुभएको थियो । पन्तले बुधवार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा ९रातो० र नेपाल पत्रकार महासङ्घमा महासचिव भएरसमेत काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu