ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँका ९ वृत्तमा प्रहरी इन्चार्ज हेरफेर: थानकोटमा गिरी, बानेश्वरमा खतिवडा


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   १ : १३   बजे

काठमाडौं ११ बैशाख । प्रहरी प्रधान कार्यालयले एकसाथ १२१ जना प्रहरी नायब उपरीक्षक डीएसपी को सरुवा गरेको छ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाले गरेको सरुवाको निर्णय बिहीबार सार्वजनिक गरिएको हो।

सरुवासँगै धेरै कार्यालयमा प्रहरी प्रमुख हेरफेर भएका छन्। काठमाडौँ उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी हरि खतिवडा नयाँबानेश्वर वृत्तमा सरुवा भएका छन्।

प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई सरुवा गरिएको छ।

बालाजु वृत्तमा ज्ञानबहादुर बिष्ट, नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ, कालीमाटी वृत्तमा मधुकुमार थापा र कीर्तिपुर वृत्तमा राजबाबु महर्जन सरुवा भएका छन्।

भक्तपुरको ठिमी वृत्त र ललितपुरका २ वटा वृत्तका पनि इन्चार्ज सरुवा गरिएको छ।

ठिमीमा नवराज ढुंगाना, ललितपुरको चापागाउँ वृत्तमा यमकुमार श्रेष्ठ र सातदोबाटो वृत्तमा रामकुमार यादवलाई सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu