ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न सर्वोच्चको आदेश


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   ८ : ०३   बजे

काठमाडौं १२ बैशाख । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न आदेश दिएको छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अमेरिका जानुअघि उनीहरु झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएकाले ती शिविर वा अरु कुनै उपयुक्त ठाउँ तोकी स्थानान्तरण गर्न आदेश दिएको हो ।

अमेरिकाले गएको चैत ११ गते १८ भुटानी शरणार्थीलाई डिपोर्ट गरेको थियो । चार जना डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो ।

उनीहरुलाई अध्यागमन कार्यालय काकडभिट्टाले पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा हिरासतमा पठाएको थियो ।

अध्यागमनले उनीहरुलाई बन्दीगृहमा राख्नुपर्ने भनेकोमा त्यो कानूनी व्यवस्थाको गलत अर्थ गरिएको सर्वोच्चको ठहर छ ।

सर्वोच्चले उनीहरुविरुद्ध कानून बमोजिम अनुसन्धान कार्य गर्न आवश्यक देखिएमा ६० दिनभित्र अनुसन्धान सक्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu