ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सुपर लिग फुटबलको उपाधिका लागि आज ललितपुर र पोखरा खेल्दै


एबीसी न्यूज
१३ बैशाख २०८२, शनिबार   ७ : ४८   बजे

काठमाडौँ, १३ वैशाख। नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्स खेल्दैछन् ।
फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए ।

ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा पोखरा ३–२ गोलले पराजित भएको थियो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर उपाधि नजिकै पुग्यो ।

पोखरा लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको थियो । काठमाण्डौ रेजर्ससँग समान ८ अङ्क भए पनि गोलअन्तरमा पोखरा अघि रह्यो । पोखराले एलिमिनेटरमा चितवन एफसीलाई ३ गोलले हराएको थियो । दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढीलाई एक गोलले पराजित गरी पोखरा फाइनल पुगेको हो ।

तेस्रो संस्करणको एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले हिजो पत्रकार सम्मेलन गरी विजेताले ८० लाख रुपैयाँ पाउने जानकारी दिएको हो ।

यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । यसैगरी व्यक्तिगत विधामा पनि अवार्ड र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu