ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवासीय चिकित्सकको तलब बढाउन लाखौँ बिरामीलाई सताउन मिल्दैन- डा अनुप सुवेदी


एबीसी न्यूज
१४ बैशाख २०८२, आइतबार   १२ : ५०   बजे

काठमाडौं १४ बैशाख । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले लाखौँ बिरामीलाई सताएर आवासीय चिकित्सकको माग पूरा गर्ने चिकित्सकहरूको शैलीप्रति असहमति राखेका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक र सघन उपचारबाहेक सबै सेवा बहिष्कार गरिरहेका चिकित्सकहरूलाई लक्षित गरी उनले आफ्नो पेसागत धर्मको दायरा स्मरण गर्न आग्रह पनि गरेका छन्।

डा सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपायबारे सोच्नुभन्दा पहिले कम्तीमा आफ्ना लक्ष्मण रेखा ९रेड लाइन्स० बारे त स्पष्ट हुनुपर्‍यो, जुन किमार्थ नाघिने छैन। रेजिडेन्टको तलब बढाउनकै लागि कम्तीमा डाक्टरहरूले लाखौं बिरामीलाई सताउने काम गर्नै मिल्दैन भन्ने त स्पष्ट हुनुपर्‍यो। विशेष गरी फर्स्ट डु नट हार्म भन्ने मन्त्र जप्नेले।’

स्नातकोत्तर तह ९पीजी० विद्यार्थी ९आवासीय चिकित्सक० लाई निजी मेडिकल कलेजले दिनुपर्ने तलब नदिएकोमा विरोध गरी दबाब दिनुपर्ने भए पनि डाक्टरकै संगठनले लाखौं सन्तप्त सेवाग्राहीलाई अपरिमेय शारीरिक मनोसामाजिक पीडा दिने, कतिको ज्यान जोखिममा पार्ने कदम यति सामान्य बनाउनु कहालीलाग्दो सामाजिक नैतिक पतनको प्रतिनिधि दृष्टान्त भनी उनले टिप्पणी पनि गरेका छन्।

साथै उनले प्रश्न गरेका छन्, ‘यदि अहिलेको दबाबले माग पूरा भएन भने के भोलि इमर्जेन्सी पनि बन्द गर्ने होरु’

निजी मेडिकल कलेजहरूका आवासीय चिकित्सकहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सेवाको आठौँ तहको अधिकृत सरहको निर्वाह भत्ताका लागि लामो समयदेखि संघर्षरत छन्। निजी मेडिकल कलेजका सञ्चालकहरू प्रधानमन्त्रीले अध्यक्षता गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयसमेत नमानी अटेरी गरिरहेका छन्।

चिकित्सक संघले आवासीय चिकित्सकको समर्थनमा सेवा बन्दको निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुने संकेत

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu