ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार


admin
१० चैत्र २०७४, शनिबार   ५ : ३३   बजे

काठमाडौँ, १० चैत । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०.४४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२.०६ अंकले घटेर २६०.४१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ सो कम्पनीको रु १६ करोड ५८ लाख २० हजार बराबरको शेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १४ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता राधी हाइड्रो पावरको ४१ लाख कित्ता साधारण शेयर, मुक्तिनाथ विकास बैंकको ४३ लाख १९ हजार ६०५ कित्ता बोनस, रिडी हाइड्रो पावर कम्पनीको दुई लाख ८४ हजार ५९८ कित्ता बोनस, बोमी माइक्रोफाइनान्सको एक लाख २९ हजार ६०० कित्ता बोनस र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद शेयर स्टककमा सूचीकृत भएका छन् ।

यस्तै आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण शेयर, जनता बैंकको एक करोड ७० हजार ९१९ कित्ता बोनस, नेपाल फाइनान्सको दुई लाख ४४ हजार २१९ कित्ता बोनस, गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३६५ कित्ता बोनस, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको एक लाख ४९ हजार ५०० कित्ता कोनस र प्रिमियर इस्सुरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता थप निष्कासनसमेत स्टकमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu