ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय एकता जोगाउन शिक्षा अपरिहार्य – मुख्यमन्त्री राई


admin
११ चैत्र २०७४, आइतबार   ४ : ५४   बजे

 

विराटनगर, ११ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।

मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

सांसद शिवकुमार मण्डलले नागरिकलाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो छ भन्नुभयो ।

मोरङको कटहरी–१ स्थित तीन कठ्ठा १५ जग्गामा निर्मित उक्त विद्यालय रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । बा-ह हजार वर्गफिटमा नवनिर्मित दुई तल उक्त भवनमा कार्यालय कक्ष, शिक्षक शिक्षिका कक्ष र शौचालयबाहेक १४ वटा कक्षा कोठा रहेका छन् ।

कक्षा ७ सम्म अध्यापन हुने यस विद्यालयमा २६३ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन निर्माणका लागि यस क्षेत्रका उद्योगी तथा व्यापारीले सहयोग गर्नुभएको थियो ।

पशुपति शिक्षा प्रसार समिति नेपालले मुलुकभरि ३५ विद्यालय निर्माण गरी दुई हजार ५०० छात्र र तीन हजार ५०० छात्राको पठनपाठनको व्यवस्था गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यायोजित विधायनको बेथिति : कानुन बनाउने संसद्, शासन चलाउने सरकार

गुठीको जग्गा अतिक्रमण: सरकारले सबैमाथि समान व्यवहार गर्नुपर्ने सांसद झालेको माग

सम्बन्धित

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu