ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियास्थित नेपाली दूतावासले महोत्सवमार्फत सारा नेपालीलाई एकै ठाउँ जोडे


admin
१३ चैत्र २०७४, मंगलबार   ९ : ०१   बजे

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलमा सदा झै सन १९६६ बाट शुरु भएर नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भब्य र सभ्य रुपमा महोत्सव सम्पन्न भएको छ । यसलाई मुर्तरुप दिन नेपाली राजदुताबास र काउन्सिलसँग बिभिन्न चरणमा घनिभूत छलफल हुँदै यो सफलता हासिल संभव भएको हो ।

काउन्सिल बिभिन्न स्कुल र स्थानीय संघसस्था परिचालन गरिएको थियो भने नेपाली दुताबासले न्यु साउथ वेल्स अन्तर्गत सिड्नी, वेरन्ज र एसिटि अन्तर्गत क्यान्भेराको नेपाली संघसंस्थासँग हातेमालो गरेका थिए ।

यहाँका मुख्य बजार र चोक चोकमा नेपाल झल्कने पोष्टर र नेपाली पहिचान बढाउने सामग्री बिधालयका बिद्यार्थीको सिर्जनामा कलात्मक ढंगले राखिएका थिए ।

सिटी काउन्सिलबाट निकालिएको झाँकीसहितको र्‍यालीमा नेपाली भेषभुषा, बुद्ध नेपालमा जन्मेका नारा, सगरमाथा, लुम्बिनीलगायत झल्कने सामग्री राखिएको थियो । हजारौको संख्यामा रहेका अष्ट्रेलियन र नेपाली सहभागी र्‍याली स्थानीय पार्कमा गएर महोत्सवका रूपमा परिणत भएको थियो ।

नेपाल चिनाउने र अष्ट्रेलियासँगको दुई देशबीच सम्बन्ध जोड्ने जनस्तरमा बलियो नाता गाँस्ने साथै नेपालको पर्यटन बिकासमा टेवा पु¥याउने उद्देश्यले आयोजित कार्यक्रम अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र काउरा काउन्सिलका मेयर बिल वेष्टले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।

सो कार्यक्रममा अष्ट्रेलियाको पहिलो सगरमाथा आरोही र सबैभन्दा कम उमेरको आरोहीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजदुत शेर्पाले नेपालको बिबिधता र बिबिधता भित्रको एकता नेपाली सुन्दरताको बर्णन गर्दै सबै अष्ट्रेलियावासीलाई नेपालको आथिथ्यता ग्रहण गर्न नेपाल भ्रमणमा आउनको लागि अनुरोध गर्नुभयो । साथै कार्यक्रम सफल पार्न भूमिका खेल्न हुने संघसंस्था, कलाकार, पत्रकार लगायत सम्पुर्णलाई राजदूत शेर्पाले धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाली सांस्कृतिक संगालोको अनुपम प्रस्तुती सहित राती अबेरसम्म चलेको थियो ।

नेपाली दुताबासको अग्रसरता र सक्रियतामा भब्य रुपमा नेपाल र नेपाली पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने यस किसिमको कार्यक्रम सफल भएको पहिलोपटक हो । कार्यक्रममा एनआरएन, अष्टेलिया, आदिबासी जनजाती महासंघ र अष्ट्रेलिया नेपलिज फ्रेन्डसिप सोसाईटीको प्रतिनिधिहरुले कार्यक्रम भव्य र सफल बनेको धारणा राख्नुभएको थियो । कार्यक्रममा ८५ प्रतिशत अष्ट्रेलियनहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group