ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतामा रहेको असन्तोषलाई आक्रोशको आगोमा परिणत गर्ने दाउमा राजावादीहरु


एबीसी न्यूज
१९ जेष्ठ २०८२, सोमबार   ९ : ५१   बजे

कविराज विसी

संघीय लोकतान्त्रिक गणतन्त्र विश्वमै उन्नत मानिएको शासन व्यवस्था हो । तर यो शासन सञ्चालन गर्ने शासकहरुको अक्षमताका कारण शासन सत्ताले छोटो समयमा नै चुनौती खेप्नुपरेको छ । नेपाली जनताको लामो त्याग र बलिदानका कारण २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भयो र सोही अनुसार अहिले मुलुक अघि बढिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र सुशासनयुक्त गणतन्त्र नै हो । त्यसैले यसका वर्तमान सञ्चालकहरु जोखिममा भए पनि गणतन्त्र जोखिममा छैन ।

यद्यपि गणतन्त्रको संस्थागत विकास गर्दै यसलाई समुन्नत बनाउनु प्रमुख राजनीतिक दलको जिम्मेवारी र कर्तव्य हो । गणतन्त्रका सञ्चालकहरु नसुध्रिने र लामो समयसम्म नै कुशासन मच्चाउने हो भनेचाहिँ नागरिकले नै गणतन्त्रको विकल्प खोज्न बाध्य हुने कुरालाई भने अस्वीकार गर्न सकिँदैन । त्यसैले गणतन्त्र बचाउनु छ भने प्रमुख राजनीतिक दल, तिनका नेता र शासकहरु सच्चिनुको विकल्प छैन । राजसंस्था फर्किनुपर्ने वा नपर्ने भन्ने बहस एकातर्फ छ । तर, प्रमुख दलका नेताहरूको विफलता देखिएको भने वास्तविकता हो । यदि वर्तमान राजनीतिक दलहरूले अस्थिरता, भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न सकेनन् भने विरोध र असन्तुष्टिको राजनीति मालामाल हुनेछ ।

अहिलेका प्रमुख शक्तिहरूप्रतिको वितृष्णाले राजनीतिमा विकल्पको खोजी निर्विकल्प बनिदिन सक्छ । त्यो विकल्प राजा नै हुन्छन् भन्ने छैन । र, त्यो लोकतान्त्रिक नै हुन्छ भन्ने पनि छैन । राजसंस्था फर्किएर देशका समस्या समाधान भइहाल्नछन् भन्ने कुरा त कुनै पनि विवेकी नागरिकले पत्याउने कुरा भएन । नेपाल अहिले गणतन्त्रविरुद्ध राजतन्त्रको प्रतिस्पर्धा पनि होइन । अनि २००७ सालदेखि प्रत्येक एक दशकमा जसो व्यवस्था फेरिरहेका नेपालीलाई अब व्यवस्था फेरेरै अवस्था फेरिन्छ भन्नेमा पनि विश्वास छैन । राजेन्द्र लिङदेन र धवलशमसेर राणाहरूले यदि साँच्चै विद्रोह गरेको हो भने संसदबाट राजनीमा दिएर यो व्यवस्थाको विरुद्धमा लाग्नु हुन्थ्यो होला । छ त्यो आँट उनीहरूमा छैन । संसदमै बसेर टाँस्सिएर खाइराखौं भन्ने उहाँहरूलाई छ । नेपालका राजनीतिक दल सजक हुनुपर्दछ ।

चार जना नेता किनारा लाग्दिने, पार्टीले किनारा लगाइदिने हो र संसद चलायमान र सक्रिय भएर राम्रो काम गर्ने हो भने राजावादी द्वन्द्वको बीउ निमिट्यान्न भएर जान्छ । तर ती चार नेता छोड्न तयार छैनन् । पार्टीहरूमा ती नेताहरूलाई फाल्न सामथ्र्य छैन । राणाहरूलाई फाल्न पनि तिनीहरूका दासले नेतृत्व बदल्ने सामथ्र्य देखाएनन् । पञ्चायतीहरूको त्यत्रो भीडले नेतृत्व सच्याउन नसक्दा व्यवस्था नै गयो । नेता सच्चिएनन् र पञ्चायत आफैं गयो । राजतन्त्र पनि त्यसै गएको होइन । दुःखद कुरा के छ भने हिजो इतिहासकै कलंक भनेर फालिएको राजतन्त्रलाई आदर्श बनाउने प्रयत्न भइरहेको छ । पूर्व राजावादीहरूले पनि विकल्प खोजेनन् । हामी चुनाव लडेर आएर तह लगाउँछौं भनेर गएनन् ।

राजावादीको सक्रियताले सरकारसहित गणतन्त्र पक्षधरहरू सतर्क देखिएका छन् । अरु विषयमा यी दुई नेता वाक्युद्धमा भए पनि पूर्वराजाको विषयमा एकमत देखिएका छन् । देशमा शासन प्रणाली परिवर्तन भए पनि प्रमुख दलहरूबीचको कलह, सत्ता संघर्ष र भ्रष्टाचार उस्तै छ भन्ने भाष्य छ । यो सरकार, यी दल, यी नेता अनि यो व्यवस्था नै खराब हो भनेर नारा लगाउन मसलाको कुनै कमी छैन । पछिल्ला ठूला घोटाला—प्रकरणहरू नै काफी छन् । बेरोजगारी र महँगी संघीयताको औचित्यमा प्रश्न गर्न स्थानीय तहमा मौलाएको अनियमितता र प्रदेश सरकारहरूको प्रभावहीनताका विषय छँदै छन् । यस्तै परिस्थितिमा ‘राजा फर्के भने अनुशासन बस्छ’ भनेर प्रवचन गर्ने फुर्सदिला कमल थापा, नवराज सुवेदी जस्ता मानिसहरुलाई छँदै छन् । राजा हुँदा कम्तीमा स्थायित्व थियो भन्ने भाष्य बेच्नेहरू पञ्चायतका ३० वर्षमा कुनै पनि सरकार ५ वर्ष टिकेको थिएन भन्ने तथ्य भुल्न मिल्छ र ? अहिले जनतामा रहेको असन्तोषलाई आक्रोशको आगोमा परिणत गर्ने दाउमा हर तरहले लागेका छन् । २०६५ सालमा गणतन्त्र आएपछि २३८ वर्ष लामो राजतन्त्र अब मृत भइसकेको निष्कर्ष दलहरूको थियो । तर नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुईतिहाइको शक्तिशाली सरकार भएकै बेला छिमेकी देशले समेत थाहा पाउने गरी राजतन्त्रको नारा सडकमा लागेको छ ।

सडकमा राजतन्त्रको पक्षमा चर्का नारा लगाए पनि सदनमा उनीहरूको आवाजले गणतन्त्रलाई हल्लाउन सक्ने अवस्था छैन । अहिले दुई ठूला दल कांग्रेस, एमाले मिलेर सत्तामा छन् । उनीहरूलाई अरू पाँच साना दलको पनि साथ छ । शक्तिशाली सरकारले परिणाम दिन सकेको छैन । जनताले चाहेअनुसारको नतिजा पनि देखिएको छैन । जनतालाई डेलिभरी दिन चुकेको छ । हुन पनि शक्तिशाली सरकारले कुशासन, अनियमिता र भ्रष्टाचार जस्ता नेपालका गम्भीर शासकीय समस्या चिर्न सकेको छैन । त्यहीँबाट जन्मिएको सर्वसाधारणको असन्तुष्तिलाई पूर्वपञ्चाहरूले सडकसम्म लैजान सफल भएका छन् । राजसंस्था फर्काउने असान्दर्भिक र प्रदूषित एजेन्डालाई जनताको साथ हुने छैन । २१ औं शताब्दीमा जनताको छोरा नभएर वंशको आधारमा कोही राष्ट्रप्रमुख हुने व्यवस्था फर्काउन कोही सचेत नेपाली तयार हुदैनन र हुनुहुदैन ।

निरंकुश राजतन्त्रको समयमा स्रोत साधनमा हालिमुहाली गरेका पूर्वपञ्च र मण्डले प्रवृत्तिका पार्टीले आफ्नो स्वार्थ सिद्धिका लागि गरेको राजनीतिक स्टनलाइ ‘जनआन्दोलन’ भनेका छन् । अहिले राजसंस्थाको वकालत गर्ने पञ्चहरू निमुखा जनता नभएर सम्भ्रान्त वर्गका प्रतिनिधि रहेका छन् । राणा र पञ्चायतका अवशेषहरूले ‘जनआन्दोलन’ भन्ने शब्दको चरम दुरुपयोग गरे । यो आमजनताप्रतिको अपमान हो । राजा फर्काउनुपर्छ भन्नेहरू नागरिक होइनन्, रैती हुन् । सामन्ती र शोषक वर्गका प्रतिनिधिले जनआन्दोलन शब्दको प्रयोग गर्नु शान्र्दभिकता हुदैन । निरंकुशताको प्रतीकलाई फिर्ता गर्न गरिने जस्तोसुकै गतिविधि या अभियान ‘जनआन्दोलन’ हुन सक्दैन र होइन । २०६२/०६३ सालको जनआन्दोलन र अहिले राजावादी मण्डलेहरूले भन्ने गरेको जनआन्दोलन तुलनायोग्य विषय होइनन् । चप्पल लगाउने सर्वहारा वर्गले गरेको आन्दोलन जनआन्दोलन हो । अहिलेको आन्दोलन विस्थापित भइसकेको वंशवाद भित्त्राउने षड्यन्त्र मात्र हो ।

राजावादीले भन्ने गरेको जनआन्दोलन कस्तो हुन्छ भन्ने चैत्र १५ गते तीनकुनेमा देखिसकिएको हो । एक प्रकारले भन्ने हो भने राजावादीको आन्दोलन त्यही दिन तीनकुने मैदानमा विसर्जन भइसकेको हो । राजतन्त्रको नर्सरीमा उम्रिएका, हुर्किएका र हालिमुहाली मच्चाएका कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको घोषणा गर्नु आफैँमा ठूलो सन्देश थियो । तर, नक्कली गणतन्त्रवादी बन्ने प्रयास सफल हुन नसकेपछि उनी पुरानै एजेन्डा समात्न विवश भए ।

जनआन्दोलन दबाउने मुख्य नाइके थापालाई गणतन्त्रकालमा कांग्रेस–एमाले–माओवादीले पटक–पटक पुरस्कृत गरे । तीन वर्षअघि राजसंस्था फर्किने सम्भावना हुँदै नभएको बताउने थापा अहिले फेरि फर्किने सम्भावना किन देख्छन् । २०५८ सालमा वंशनास गर्ने गरी भएको राजदरबार हत्याकाण्डपछि राजसंस्थाप्रति मानिसको मोह भंग भयो । दरबार हत्याकाण्डको निष्पक्ष छानबिन नहुँदा राजसंस्थाप्रति आममानिसको आस्था घटेर गयो । ज्ञानेन्द्र शाह राजगद्दीमा बसेपछि उनका महत्त्वाकांक्षाले राजसंस्था इतिहास बन्यो । आफ्नै कुकर्मले बिदा भएको राजसंस्था फर्काउने भन्दै बेलाबखत नयाँ अवतारका राजावादी सडकमा आइरहेका छन् ।

दुर्गा प्रसाईंपछि अहिले जगमान गुरुङ र नवराज सुवेदीले राजसंस्था फर्काउने कामको ‘टेन्डर’ पाएका छन् । कुनै बेला प्रज्ञा प्रतिष्ठानको उप–कुलपति बनेका प्राज्ञ गुरुङ कोरोनाकालमा कोभिड भाइरस भगाउने मन्त्रको आविष्कारदेखि अहिले तन्त्रमन्त्र गरेर राजा फर्काउने भन्दै हिँडिरहेका छन् । एउटा हातमा लठ्ठी र अर्कोतर्फ कसैले पाखुरा समाइदिएर हिँडाउनुपर्ने वयोवृद्ध नवराज सुवेदी राजसंस्था फर्काउने आन्दोलनका कमान्डर छन् । राजसंस्था फर्किँदैन भन्ने जान्दाजान्दै पनि आन्दोलनमा होमिन राजावादी पार्टी र संस्थालाई बाध्यता छ । सहकारीपीडितको जत्रो जुलुसले व्यवस्था ढल्दैन भन्ने जान्दाजान्दै उनीहरू जेठको प्रचण्ड गर्मीमा पसिना चुहाउन बाध्य छन् राजावादी भन्नेहरु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu