ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्य वाचा बिर्सिएर कांग्रेस-एमाले सरकार चलाउन मस्त भयौँ- गगन थापा


abc news
२० जेष्ठ २०८२, मंगलबार   ५ : ४५   बजे

काठमाडौ २० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस(नेकपा एमालेसहितको सरकार गठन हुँदाको वाचा बिर्सिएको बताएका छन्। बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस(एमाले सरकार चलाउन मस्त भएको बताएका हुन्।

कांग्रेस र एमालेलेको सरकार गठन हुँदा संविधान संशोधन गर्ने भनेर ७ बुँदामा बाचा गरियो। वाचा पूरा गरिरहेका छैनौँ, उनले भने, हामी यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौँ। यो अलमलबाट बाहिर निस्किएर कांग्रेस एमालले ७ बुँदाअनुरुप संविधान संशोधनका निम्ति तत्काल गर्नुपर्ने काम गर्नुपर्ने छ।

उनले अहिलेको व्यवस्था नै ठिक भएको भन्दै यसको चालक भने गलत भएको बताए। यही व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र नै हो, यही व्यवस्था टिक्छ। यही व्यवस्था टिकाउँछौँ, उनले थपे, यो व्यवस्थामा केही कमजोरीहरू छन् कमजोरीहरू हामी सुधार्छौँ। सुधार्ने तरिका भनेको संविधान संशोधन गर्छौँ।

उनले गणतन्त्रको हाइवे सुधार्ने र सही बनाउने जिम्मा कांग्रेसको भएको पनि बताए।
कांग्रेस पार्टीले जिम्मा लिएर भन्नुपर्छ। सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधान भनेको नेपालमा नयाँ हाइवे हो। नयाँ बाटो हामीले सुरु गर्‍यौँ। त्यो हाइवे सुरु गरेको दिन तपाईं हामी सबै खुसी थियौँ, उनले भने, हाइवेमा गाडी आए चालकले चलाए। अहिले गाडीहरू पुरानो थोत्रो देखिएका छन्। गाडीको चालकले गाडी राम्रोसँग चलाउन सकेको छैन। अनि बाहिर बस्ने मान्छेले भनिरहेको छ( यो बाटो नै खराब हो। कांग्रेसले उनीहरूलाई भन्नुपर्छ( बाटो खराब होइन। बाटो नयाँ हो हामीले रोजेको बाटो हो। बाटोमा चलिरहेका गाडीहरूमा समस्या छ। त्यो गाडीभित्र भएको समस्यालाई मिलाउनुपर्छ। त्यो गाडी भनेको एउटा कांग्रेस पनि हो। जुन गाडी पुरानो भएर खराब हुने होइन तर पुरानोले समयअनुसार बदल्नुपर्छ।

गाडीको चालक बदल्ने कुरा छाडेर, मर्मत संभार गर्ने कुरा छाडेर नयाँ खोज्न लागियो भने अर्को १० वर्ष खेर जाने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group