काठमाडौं, १४ भदौ । भदौ १० गते अचानक आएको बाढीले चीनको केरुङस्थित पोर्ट बगाएपछि १०४ जना नेपाली सम्पर्कविहीन भएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं, १४ भदौ । भदौ १० गते अचानक आएको बाढीले चीनको केरुङस्थित पोर्ट बगाएपछि १०४ जना नेपाली सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन विदेशी नागरिकको विवरण चीन सरकारले सम्बन्धित देशका सरकारलाई उपलब्ध गराएको छ। सोही क्रममा चिनियाँ सरकारले सम्पर्कविहीन नेपाली नागरिकको सूची नेपालस्थित परराष्ट्र मन्त्रालयलाई पठाएको हो।
चिनियाँ सञ्चारमाध्यमका अनुसार बाढीपछि चीनमा कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन विदेशी नागरिकमध्ये नेपालका १०४, भारतका ४९, लाट्भियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६/६ जना रहेका छन्।
त्यस्तै दक्षिण अफ्रिकाका चार, जर्मनीका तीन, आयरल्यान्ड र नेदरल्यान्ड्सका दुई/दुई तथा न्युजिल्यान्डका दुई जना सम्पर्कविहीन छन्।
फिनल्यान्ड, हंगेरी, कजाकस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका एक/एक जना विदेशी नागरिक पनि बाढीपछि सम्पर्कविहीन रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्