ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधवन नेपालको मुद्दामा क्लिनचिट पाउने एकीकृत समाजवादीको विश्वास


एबीसी न्यूज
२२ जेष्ठ २०८२, बिहिबार   ८ : १३   बजे

काठमाडौं २२ जेठ, । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

त्यस लगत्तै अध्यक्ष नेपालसहित अपरान्ह बसेको पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं । हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र खारेज गर्ने सन्देश दिनेगरी फर्कन्छौं,’ उपाध्यक्ष ज्वालाले भने ।

साथै, पार्टी पंक्तिलाई कुनै पनि भ्रम नपर्न आग्रह गरे ।

‘हाम्रा नेताहरूका विरुद्धमा पहिलेदेखि नै प्रहार हुँदै आएको थियो । त्यस्ता षड्यन्त्र परास्त गर्दै आयौं,’ बैठकपछि ज्वालाले भने, ‘आज फेरि अध्यक्षविरुद्ध मुद्दा दायर गरेर अर्को एउटा षड्यन्त्र, राजनीतिक प्रतिशोधसहित गरिएको छ । हामी यो कुराको प्रतिवाद र भण्डाफोर गर्छौं ।’

आफूहरू मुद्दाबाट पछि नहट्ने बताउँदै अध्यक्षले अहिलेसम्म कुनै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगरेको उनले बताए ।

‘सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने र आर्थिक चलखेल गर्ने कुनै काम गर्नुभएको छैन,’ ज्वालाले भने ।
बैठक अघि माधव नेपाल सहितका नेताहरुले पार्टी कार्यालयमा नै बोलाएर बरिष्ठ अधिवक्ता द्धय शम्भु थापा र गोविन्द बन्दीसँग मुद्धाका बारेमा परामर्श गरेका थिए ।
थापा र बन्दीले मुद्धा अदालत गइसकेको हुनाले अदालतमै प्रतिवाद गर्न सल्लाहा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group