ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै


abc news
२७ जेष्ठ २०८२, मंगलबार   ९ : ०३   बजे

काठमाठौ २६ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

लिग–२ को आफ्नो चौथो चरणको शृङखलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको नेपाल अस्ति आइतवार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुग्यो ।

त्यसअघि नेपालले गएको १९ गते सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र त्यसपछि बुधवार भएको दोश्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म छ वटा एकदिवसीय खेल भएको छ । जसमा समान नेपालले तीन र नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।

नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड,क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ ।

पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । नेपाल १५ खेलमा १० अङ्कसहित लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अङ्कसहित दोश्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu