ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रियाको ग्राजमा स्कूल गोलीकाण्डः आठ जनाको त्रासदीपूर्ण हत्या


एबीसी न्यूज
२७ जेष्ठ २०८२, मंगलबार   ५ : १८   बजे

काठमाडौं २७ जेठ । युरोपेली सानो र सुन्दर देश अस्ट्रियाको दोस्रो ठूलो शहर ग्राजमा मंगलबार बिहान एक हाई स्कूलमा भएको गोलीबारीमा आठ जनाको मृत्यु भएको छ। त्यहाँको आन्तरिक मन्त्रालयले पुष्टि गरे अनुसार मृतकहरूमा १४ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीहरू रहेका छन् ।

प्रहरीका अनुसार, बिहान १० बजे (नेपाली समय अनुसार १ः४५ बजे) ग्राजको उत्तर–पश्चिममा रहेको बन्डेसोबरस्टुफेनरियलजिम्नासियम ड्राइयरस्युट्जेनगासे स्कूलमा ूधेरैू गोली चलेको रिपोर्ट प्राप्त भएको थियो। घटनास्थलमा तुरुन्तै प्रहरी टोली, विशेषज्ञ कोब्रा ट्याक्टिकल फोर्स, र हेलिकप्टर परिचालन गरिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले स्कूल खाली गराएको र क्षेत्र सुरक्षित गराएको बताएको छ ।

अस्ट्रियाली चान्सलर क्रिस्टियन स्टकरले यो घटनालाई ‘राष्ट्रिय त्रासदी’ को संज्ञा दिँदै सामाजिक सन्जाललमो लेखको छन्ः ‘ग्राजको स्कूलमा भएको यो हत्याकाण्डले हाम्रो सम्पूर्ण देशलाई गहिरो रूपमा हल्लाएको छ। यो अकल्पनीय कार्यले युवाहरूलाई उनीहरूको बाँकी जीवनबाट अचानक चुँडायो।’ उनले थपे, ‘यो पीडा र शोकका लागि कुनै शब्द छैन।’

आन्तरिक मन्त्रालय र प्रहरीका अनुसार, हमलाकारी पनि मृत अवस्थामा भेटिएको छ । प्रारम्भिक अनुसन्धानले हमलाकारीले आत्महत्या गरेको हुन सक्ने संकेत बताइएको छ। हमलाकारीको पहिचान र घटनाको कारणबारे थप विवरण अझै खुल्न बाँकी छ।

अस्ट्रियामा बन्दुक हिंसा
अस्ट्रियामा बन्दुक हिंसा मध्य युरोपका धेरैजसो देशहरूमा जस्तै दुर्लभ छ। इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनका अनुसार, सन् २०२१ मा अस्ट्रियाको बन्दुक हत्याको दर प्रति एक लाख जनसंख्यामा ०.१ थियो, उता संयुक्त राज्य अमेरिकामा यो दर ४.५ छ । स्विट्जरल्यान्डस्थित स्मल आर्म्स सर्भेका अनुसार, अस्ट्रियामा प्रति १०० नागरिकमा ३० जनाले बन्दुक राख्ने गरेको बताएको छ । यो संख्या युरोपेली संघका धेरै देशहरूमा भन्दा यो उच्च दर हो।

विगतका घटनाहरू
पछिल्ला वर्षहरूमा अस्ट्रियामा केही चर्चित हिंसात्मक घटनाहरू भएका छन्। गत अक्टोबरमा उत्तरी अस्ट्रियाको एक सहरका मेयर र अर्का एक व्यक्तिको गोली हानी हत्या भएको थियो। फेब्रुअरीमा, २३ वर्षीय एक व्यक्तिले दक्षिणी अस्ट्रियामा पाँच जना राहगीरहरूमाथि चक्कु प्रहार गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group