ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनेभामा भएको सम्झौता कार्यान्वयनको ढाँचामा अमेरिका र चीन सहमत


abc news
२८ जेष्ठ २०८२, बुधबार   ३ : २२   बजे

काठमाडौ २८ जेठ । अमेरिका र चीन गत महिना भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि ढाँचा बनाउन सहमत भएका छन्।

लण्डनमा दुई दिनसम्म चलेको लामो वार्तापछि संवेदनशील वस्तुको व्यापार फेरि सुरू गर्ने ढाँचा बनाउन दुई देश सहमत भएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले अनुमति दिएपछि सो ढाँचा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।

वार्तापछि अमेरिकी वाणिज्य मन्त्री हावर्ड लटनिकले ढाँचाबारे भएको सो सहमतिले गत महिना जेनेभामा भएको सम्झौताको हाडे संरचनामा मासु थप्नेछ भनेका छन्।

लन्डनमा भएको सहमतिले हालै अमेरिकाले लगाएको केही निर्यात प्रतिबन्धहरू हटाउने पनि उनले बताए।

केही घण्टाअघि मात्रै भएको यो सहमतिबारे विस्तृत विवरण आउन बाँकी छ।

ट्रम्पले ुस्वतन्त्रता दिवसु भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च ुरेसिप्रोकलु ९पारस्परिक० भन्सार लगाउने घोषणा गरेका थिए।

सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।

ल्अज
िल्अभिि
अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएर अमेरिकालाई फाइदा हुने सर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जबाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भने पनि व्यापार सम्झौता नगरूञ्जेल भन्सार घटाउने उनको मनसाय थिएन।

तर यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाए।

चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो।

ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकाशिएर १४५ प्रतिशत पुग्यो।

अर्कोतर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशत पुग्यो। यसरी चीनले जबाफी कदम चाले पनि ६ हप्ता नपुग्दै ट्रम्प झुक्नुपर्‍यो।

स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे। यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाएको भन्सार दर ३० प्रतिशतमा झरेको छ।

फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बेचेको भन्दै १० प्रतिशतका दरले दुई पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर १० प्रतिशत गरी ३० प्रतिशत मात्रै कायम हुनेछ। चीनले भने सबै अमेरिकी वस्तुमा १० प्रतिशत मात्रै थप भन्सार लगाउने छ।

अमेरिका र चीनले त्यसपछि ९० दिन सम्ममा सहमति गर्न वार्ता गरिरहेका छन्।

यसबीचमा चीन र अमेरिका दुवैले एकअर्कालाई जेनेभामा भएको सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाइरहेका छन्। अमेरिकाले चीनले अत्याधुनिक इलेक्ट्रोनिक्सका लागि आवश्यक दुर्लभ खनिज निर्यात खुकुलो पार्ने वाचा तोडेको आरोप लगाएको छ।

चीनले भने अमेरिकाले महत्वपूर्ण जेट इन्जिनका पार्टपुर्जामा प्रतिबन्ध र चिप(डिजाइन सफ्टवेयरमा पहुँचमा कटौती, हुवावे कम्पनीलाई चिप पहुँचमा सीमा लगाएको र चिनियाँ विद्यार्थी भिसामा कडाइ गरेको भनेर आलोचना गरेको छ।

व्यापार वार्तालाई गति दिनका लागि ट्रम्पको पहलमा गत बिहिबार उनी र सीबीच ९० मिनेट टेलिफोन कुराकानी भएको थिए। दुई राष्ट्रपतिबीच कुराकानी भएपछि लण्डनमा भएको वार्तामा सम्झौता कार्यन्वयन गर्ने ढाँचाबारे सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group