ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले युक्रेनको खार्किभमा गरेको हवाई आक्रमणमा ३ जनाको ज्यान गयो, ६० जना घाइते


abc news
२८ जेष्ठ २०८२, बुधबार   ३ : ३५   बजे

काठमाडौ २८ जेठ । रुसले युक्रेनको उत्तरपूर्वी शहर खार्किभमा आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि छन् ।

रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दुई देशबीच युद्ध शुरु भएको तीन वर्ष बितिसकेको छ । रुसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।

रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा रहेको खार्किभ शहर बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ । खार्किभका मेयर इगोर तेरेखोभले रातिमा दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ र तीन जनाको ज्यान गएको पुष्टि गर्नुभयो । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।

अहिले रुसले युक्रेनबीच शान्ति वार्ताको प्रयास निष्क्रिय छ । दुई देशबीच भएका दुई चरणका वार्ता सफल हुन सकेनन् । रुसले बिना सर्त युद्ध रोक्ने प्रस्ताव अस्वीकार गर्दै युक्रेनले आफ्नो भूमि छाड्नुपर्ने र सैन्य सङ्गठनमा नजाने प्रतिबद्धता जनाउनुपर्ने सर्त अघि सारेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि थप कडा आर्थिक दबाब दिन आह्वान गर्नुभएको छ । साथै, युक्रेनले रुसका केही क्षेत्रमा प्रतिआक्रमणस्वरूप मानवरहित हवाई साधन प्रयोग गरेको बताइएको छ । यसैबीच दुबै पक्षले सयौँ बन्दीहरू साटासाट गरेका छन् भने मृत सैनिकहरूको शव पनि फिर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

सम्बन्धित

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu