ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको भन्सार युद्धका कारण विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकको प्रक्षेपण, अमेरिकालाई नै धेरै घाटा


abc news
२८ जेष्ठ २०८२, बुधबार   ६ : ३५   बजे

काठमाडौ २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा विश्वसँग सुरू गरेको भन्सार युद्धका कारण यो वर्ष विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकले प्रक्षेपण गरेको छ।

मंगलबार ग्लोबल इकोनमी प्रस्पेक्ट्स प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकाले सुरू गरेको भन्सार युद्धका कारण सन् २०२५ मा विश्व अर्थतन्त्र २।३ प्रतिशतले मात्रै बढ्ने विश्व बैंकले जनाएको छ। गत वर्ष विश्व अर्थतन्त्र २।८ प्रतिशतले बढेको थियो।

आर्थिक वृद्धि दर घटे पनि विश्व अर्थतन्त्र मन्दीमा भने नजाने विश्व बैंकले बताएको छ।

ट्रम्पले सुरू गरेको भन्सार युद्धका कारण सबभन्दा धेरै घाटा अमेरिकालाई नै हुने विश्व बैंकले जनाएको छ।

ट्रम्पले दोस्रो कार्यकाल सुरू गर्नुभन्दा अघि गत जनवरीमा सन् २०२५ मा अमेरिकी अर्थतन्त्र २।३ प्रतिशतले बढ्ने विश्व बैंकले प्रक्षेपण गरेको थियो। तर उनले भन्सार युद्ध सुरू गरेपछि वृद्धिदर १।४ प्रतिशतमा झर्ने विश्व बैंकले अनुमान गरेको छ। गत वर्ष अमेरिकी अर्थतन्त्र २।८ प्रतिशतले बढेको थियो।

ट्रम्पको मुख्य निशानामा परेको चीनको वृद्धि दर पनि भन्सार युद्धका कारण घट्ने विश्व बैंकले जनाएको छ।

चीनको अर्थतन्त्र सन् २०२४ मा ५ प्रतिशतले बढेकोमा यो वर्ष ४।५ प्रतिशतले मात्रै बढ्ने विश्व बैंकले अपेक्षा गरेको छ।

भन्सार युद्ध विश्व अर्थतन्त्रका लागि कति हानिकारक हुन्छ भनेर देखाउने विश्व बैंकले अर्को एउटा प्रक्षेपण गरेको छ।


यदि सबै देशले भन्सार महसुल आधा घटाएमा त्यही कारणले मात्रै पनि आगामी दुई वर्षमा विश्व अर्थतन्त्र ०।२ प्रतिशत विन्दुले बढ्ने विश्व बैंकले अनुमान गरेको छ।

ट्रम्पले स्वतन्त्रता दिवसु भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च रेसिप्रोकलु पारस्परिक० भन्सार लगाउने घोषणा गरेका थिए।

सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।

अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएर अमेरिकालाई फाइदा हुने सर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जबाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भने पनि व्यापार सम्झौता नगरूञ्जेल भन्सार घटाउने उनको मनसाय थिएन।

तर यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाए।

चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो।

ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकाशिएर १४५ प्रतिशत पुग्यो।

अर्कोतर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशत पुग्यो। यसरी चीनले जबाफी कदम चाले पनि ६ हप्ता नपुग्दै ट्रम्प झुक्नुपर्‍यो।

स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे। यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाएको भन्सार दर ३० प्रतिशतमा झरेको छ।

फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बेचेको भन्दै १० प्रतिशतका दरले दुई पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर १० प्रतिशत गरी ३० प्रतिशत मात्रै कायम हुनेछ। चीनले भने सबै अमेरिकी वस्तुमा १० प्रतिशत मात्रै थप भन्सार लगाउने छ।

अमेरिका र चीनले त्यसपछि ९० दिन सम्ममा सहमति गर्न वार्ता गरिरहेका छन्। अरू देशले पनि ९० दिनको समयभित्र व्यापार सम्झौता गर्न अमेरिकासँग वार्ता गरिरहेका छन्।

व्यापार सम्झौता धेरै जटिल भएकाले लामो समयसम्म मिहिन रूपमा छलफल गरेपछि मात्रै टुंगो लगाउन सकिन्छ। सबै देशसँग अमेरिकाले ९० दिनभित्र बेग्ला(बेग्लै व्यापार सम्झौता गर्न असम्भव हुने विज्ञहरूले बताउँदै आएका छन्।

ट्रम्प सामु नझुकेका कारण चीनलाई फाइदा भएको देखेपछि अरू देशले पनि ट्रम्पका कडा सर्त नमान्ने लक्षण देखिन थालेको छ। यस्तोमा ९० दिनको म्यादपछि ट्रम्पले अरू देशलाई कति भन्सार लगाउँछन् भनेर अनिश्चितता छ।

ट्रम्पले सुरू गरेको भाँडभैलोमै यो वर्षको छ महिना सकिन लागेको छ। बाँकी समयमा पनि ट्रम्पले के गर्छन् भन्ने अनिश्चितता रहेका कारण विश्व अर्थतन्त्र यो वर्ष सुस्ताउने विश्व बैंकले प्रक्षेपण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group