ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँग तनाव बढ्दै गएपछि इराकबाट कर्मचारी फिर्ता बोलाउँदै अमेरिका


abc news
२९ जेष्ठ २०८२, बिहिबार   १२ : १९   बजे

काठमाडौ २९ जेठ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रुपमा खाली गर्न थालेको छ । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले बग्दादमा रहेको दूतावासका अनावश्यक कर्मचारी र उनीहरुका परिवारजनलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सुरक्षाको उच्च जोखिमका कारण यस्तो कदम चालिएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै अमेरिका र इरानबीच थप तिक्तता बढेको छ ।

अमेरिकी अधिकारीहरुले ठोस कारण नबताएपनि इजरायलले बुधबार इरानमाथि आक्रमणको तयारी गरेको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिएको बताएका छन् ।

इरानले इराकमा रहेका अमेरिकी प्रशासनिक र सैन्य अड्डामा आक्रमण गर्न सक्ने अधिकारीहरुको चेतावनी छ । अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी वार्तामा प्रगति देखिएको छैन । आणविक कार्यक्रमकै कारण अमेरिकाले इरानमाथि आर्थिकसहित थुप्रै प्रतिबन्ध लगाएको छ ।

मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफले वार्ताको छैटौं चरणका लागि तयारी भइरहेको बताएका छन् । उनले आगामी आइतबार ओमानको मस्कटमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट्ने कार्यक्रम तय भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘हामी हाम्रा सबै दूतावासमा आवश्यक कर्मचारी संरचना निरन्तर मूल्याङ्कन गरिरहेकै छौं, पछिल्लो विश्लेषणअनुसार हामीले इराकमा मिसन कटौती गर्ने निर्णय गरेका हौं ।’

बुधबार राष्ट्रपति ट्रम्पले वाशिङ्टन डीसीस्थित केनेडी सेन्टरमा पत्रकारसँग कुरा गर्दै अमेरिकीहरुलाई इरान आसपासका क्षेत्र छाड्न भनेका थिए । ‘हामीले अमेरिकीहरूलाई त्यस क्षेत्र छोड्न सल्लाह दिएका छौं, किनभने त्यो खतरनाक बन्न सक्ने सम्भावना छ, अब के हुन्छ, त्यो हेर्नैपर्छ’, उनले भनेका थिए ।

राष्ट्रपति ट्रम्पले इरानको आणविक हतियार विकास कार्यक्रममाथिको प्रतिबन्ध कायम राख्ने अडान दोहोर्‍याएका थिए । इरानको आणविक हतियार विकास कार्यक्रम रोक्ने भन्दै उनले भने, ‘हामी यस्तो हुन दिने छैनौं ।’ प्रतिबन्धका बावजुद इरानले युरेनियम प्रशोधन रोक्नेबारे विश्वास घट्दै गएको उनको आशय थियो ।

यसै साता मात्रै उनले इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग ४५ मिनेट लामो ‘तनावपूर्ण’ फोनवार्ता गरेका थिए । नेतान्याहूले कूटनीतिक समाधान भन्दा सैन्य कारवाहीमा जोड दिने गर्छन् ।

इराकबाट कर्मचारी फिर्ता बोलाउने निर्णय साँच्चै खतराका कारण हो वा इरानलाई तर्साउनका लागि हो भन्ने स्पष्ट छैन । तर, इरानी रक्षा मन्त्री अजीज नासिरजादेले अमेरिकाले आक्रमण गरे आफ्ना मुलुक आसपासका क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरुलाई निसाना बनाउने चेतावनी दिएका छन् ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि कुवेत, बहराइन लगायतका मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सेनाका परिवाजनलाई पनि स्वेच्छिकरुपमा स्वदेश फर्कन अनुमति दिएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बुधबार अमेरिकी काँग्रेसको एक प्यानलमा बोल्दै पेन्टागनका एक अधिकारीले इरान आणविक हतियार विकासमा शक्तिशाली बन्दै गइरहेको संकेत गरेका थिए । तर, इरानले भने युरोनियम प्रशोधन कार्यक्रम आफ्नो आन्तरिक सुरक्षाका लागि भएको दाबी गर्दै आएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इराकमा हाल करिब २,५०० अमेरिकी सैनिक तैनाथ छन् । मध्यपूर्वमा बढ्दो सैनिक तनावले समुद्री व्यापारमा असर पार्न सक्ने बेलायती अधिकारीहरुको चेतावनी छ ।

पछिल्ला समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा आपूर्तिमा संकट पर्न सक्ने भयका कारण तेलको मूल्यमा ४ प्रतिशत बढोत्तरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group