ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले इरानमा गरेको आक्रमणमा हामी सामेल छैनौँ- अमेरिका


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ११ : २६   बजे

काठमाडौ ३० जेठ । अमेरिकाले इजरायलले इरानमा गरेको आक्रमणमा आफू सामेल नरहेको बताएको छ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरी भनेका छन्, ‘आज राति इजरायलले इरानविरुद्ध एकतर्फी कारबाही गरेको छ। हामी इरानविरुद्धको आक्रमणमा संलग्न छैनौँ र हाम्रो सर्वोच्च प्राथमिकता यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सुरक्षा गर्नु हो।’

उनले अगाडि भनेका छन्, ‘इजरायलले हामीलाई भनेको छ( यो कारबाही उनीहरूको आत्मरक्षाको लागि आवश्यक थियो।’

अमेरिका विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्प र प्रशासनले आफ्ना सेनाको सुरक्षा गर्न र यस क्षेत्रमा हाम्रा साझेदारहरूसँग नजिकको सम्पर्कमा रहन सबै आवश्यक कदम चालेको जानकारी पनि गराएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘म यो स्पष्ट पार्न चाहन्छु( इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्ष्य गर्नु हुँदैन।’

इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार बिहान इजरायली लडाकु विमानले इरानमा हमला गरेको बताएका छन्।

न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तीमा ६ सैन्य अड्डामा आक्रमण गरेको हो।

यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले इजरायलको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० का कमान्डर हुसेन सलामी मारिएको पुष्टि गरेको छ।

हुसेन सलामी इरानी सेनामा सबैभन्दा महत्त्वपूर्ण पदमा थिए। उनको नेतृत्वमा आईआरजीसीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली सम्हाल्ने गर्थ्यो।

अल(जजीराका अनुसार इजरायली आक्रमणमा दुई प्रमुख इरानी आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची र फेरेदुन अब्बासी पनि मारिएका छन्।

उता इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सेना अधिकारी र केही वरिष्ठ आणविक वैज्ञानिक पनि आक्रमणमा मारिएको दाबी गरेको छ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आवश्यक परुन्जेल इरानविरुद्ध आक्रमण जारी रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group