ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहमदाबाद विमान दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु


abc news
३१ जेष्ठ २०८२, शनिबार   १० : ५४   बजे

काठमाठौ ३१ जेठ । यही जुन १२ तारिख ९जेठ २९० गुजरातको अहमदाबादमा २४१ जनाको मृत्यु हुने गरी भएको एयर इन्डिया विमान दुर्घटनाबारे भारत सरकारले औपचारिक अनुसन्धान थालेको छ।

देशका नागरिक उड्डयन मन्त्री राम मोहन नायडु किन्जारापुले विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० ले दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जालमा एक्समा भनेका छन्, ‘विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी० ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईसीएओ० ले निर्धारण गरेको प्रोटोकलअन्तर्गत दुर्घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ।’

सँगसँगै सरकारले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्न विभिन्न विषयका विज्ञहरूको उच्चस्तरीय समिति गठन पनि गठन गर्ने उनले बताएका छन्।

उनले भनेका छन्, ‘यो समितिले उड्डयन सुरक्षा सुदृढ पार्न र भविष्यमा यस्ता घटना हुन नदिन काम गर्नेछ।’

गत बिहीबार दिउँसो अहमदाबादस्थित सरदार बल्लव भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट चालक दलसमेत २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको २ मिनेटभन्दा कम समयमै एयर इन्डियाको विमान बोइङ ७८७(८ ड्रिमलाइनर घना बस्ती भएको क्षेत्रमा खसेको थियो।

दुर्घटनामा एक यात्रु मात्र बाँच्न सफल भए भने अरू सबैको मृत्यु भयो। त्यति मात्र होइन, विमान खसेको भवनमा बसेका धेरै जनाको मृत्यु भयो। हालसम्म २७० शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उक्त दुर्घटना अनुसनधानमा सघाउन बेलायती अनुसन्धानकर्ताहरूको टोली पनि अहमदाबाद आइपुगेको छ।

शुक्रबार मात्र त्यस विमानको ब्ल्याक बक्स फेला परेको छ। यसले विमानको दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने विज्ञहरूले बताएका छन्। यसबीच भारतका कतिपय उड्डयन विज्ञले चरामा ठोकिएर पो विमान खसेको हो कि भन्ने आशंका पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group