ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको मिनेसोटाका दुई डेमोक्रेटिक विधायकमाथि गोली प्रहार, एक दम्पत्तिको हत्या अर्का गम्भीर घाइते


एबीसी न्यूज
३१ जेष्ठ २०८२, शनिबार   ९ : ००   बजे

काठमाडौं ३१ जेठ । अमेरिकाको मिनेसोटा राज्यका दुई डेमोक्रेटिक विधायकमाथि उनहीहरुका छुट्टाछुट्टै घरमा गोली प्रहार भएको छ।
राज्यका गभर्नर टिम वाल्जले शनिबार पत्रकार सम्मेलनमा मार्फत घटनाको जानकारी गराएका छन् । डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको हत्या भएको छ। गर्भनर वाल्जले यो गोलीकाण्डलाई ‘राजनीतिक रूपमा प्रेरित हत्या’ को संज्ञा दिए।
डेमोक्रेटिक राज्य सिनेटर जोन होफम्यान र उनकी पत्नी यभेटमाथि पनि धेरै पटक गोली प्रहार भएको छ। दुवैको शल्यक्रिया सम्पन्न भएको बताउँदै गभर्नर वाल्जले दुवैको स्वास्थ्यमा ‘सावधानीपूर्वक आशावादी’ रहेको बताए।

मेलिसा होर्टम्यान, ५५ वर्षीया, सन् २०१९ देखि यो वर्षसम्म मिनेसोटा हाउस अफ रिप्रेजेन्टेटिभ्सको सभामुखको रूपमा कार्यरत थिइन्। यस वर्ष, हाउसमा दुर्लभ बराबरीको स्थिति आएपछि उनले मिनेसोटा डेमोक्रेटिक–फार्मर–लेबर पार्टीको नेतृत्व सम्हालेकी थिइन्।

जोन होफम्यान, ६० वर्षीय, मिनेसोटा सिनेटको मानव सेवा समितिको अध्यक्ष छन् र ट्विन सिटीजको उत्तरपश्चिमी उपनगरहरूको प्रतिनिधित्व गर्छन्।
‘यो लक्षित राजनीतिक हिंसाको कृत्य थियो’ वाल्जले भनेका छन्।
वाल्जले शनिबार बिहान एक वक्तव्यमार्फत मिनियापोलिस महानगरीय क्षेत्रमा पर्ने च्याम्प्लिन र ब्रुकलिन पार्कका उपनगरहरूमा ‘उत्पन्न स्थिति’ बारे जानकारी प्राप्त गरेको बताएका छन् ।
यो गोलीकाण्ड यस्तो समयमा भएको छ जब अमेरिकामा राजनीतिक हिंसा सामान्य बन्दै गएको छ । शिकागो विश्वविद्यालयको सर्वेक्षणअनुसार अधिकांश अमेरिकीहरूले यस्तो हिंसालाई समर्थन नगर्ने देखाए पनि पछिल्ला दिनहरुमा राजनीतिक तथा जातिय हिंसा बढ्दै गएको छ।

I’ve activated the State Emergency Operations Center.

Local law enforcement in Champlin and Brooklyn Park have the full resources of the State of Minnesota behind them.

We are monitoring the situation closely and will share more information soon.

— Governor Tim Walz (@GovTimWalz) June 14, 2025

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group