ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनले मलाई जन्मदिनको शुभकामना दिए — ट्रम्प


एबीसी न्यूज
१ असार २०८२, आइतबार   ६ : ००   बजे

काठमाडौं १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले शनिबार टेलिफोन कुराकानीमा उनलाई जन्मदिनको शुभकामना दिएको बताएका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा कुराकानीको विवरण साझा गर्दै लेखे, ‘राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरे, तर मुख्य रूपमा इरानबारे कुरा गर्न, जुन देशलाई उनले राम्ररी चिन्छन्। हामीले लामो समय कुराकानी गर्‍यौं।’ ट्रम्पले शनिबार आफ्नो ७९औं जन्मदिन मनाउँदै छन्।
दुई नेताले युक्रेन द्वन्द्वबारे ‘धेरै कम समय’ छलफल गरेको उनले उल्लेख गरे, । यो विषय ‘अर्को हप्ता’ का लागि छोडिएको बताए। ‘कुराकानी करिब एक घण्टा चल्यो। उनले, र मैले पनि, इजरायल–इरान युद्ध अन्त्य हुनुपर्छ भन्ने महसुस गरेका छौं, जसमा मैले उनलाई उनको युद्ध पनि अन्त्य हुनुपर्छ भनेर सम्झाएँ’ ट्रम्पले लेखेका छन् ।
रुसी राष्ट्रपति सहायक युरी उशाकोभका अनुसार, पुटिन र ट्रम्पबीचको कुराकानी ‘महत्वपूर्ण, स्पष्ट र सबैभन्दा महत्वपूर्ण, धेरै उपयोगी’ रहेको रसियन टेलिभिजनको अनलाइन संस्करणले उल्लेख गरेको छ । पुटिनले इजरायलको इरानमाथिको आक्रमणको निन्दा गरेका छन् । तेहरान र वाशिङ्टनबीचको छैटौं चरणको परमाणु वार्ता अघि युद्ध शुरु भएको छ ।
‘यस्तो जटिल परिस्थितिमा पनि, रुसी र अमेरिकी राष्ट्रपतिहरूले इरानी परमाणु कार्यक्रममा वार्ताको मार्गमा फर्कने सम्भावनालाई अस्वीकार गरेनन्,’ उशाकोभले थपेका छन् ।
उशाकोभले पुटिनले ट्रम्पलाई जन्मदिनको शुभकामना दिएको पुष्टि गरे, र दुवै नेताले ‘व्यक्तिगत सम्बन्धबाट सन्तुष्टि’ व्यक्त गरेको बताए, जसले उनीहरूलाई ‘व्यवसायिक रूपमा संवाद गर्न र द्विपक्षीय तथा अन्तर्राष्ट्रिय एजेन्डाका जटिल मुद्दाहरूको समाधान खोज्न’ सक्षम बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group